सोक्ला–खेलापमा धान दिवस मनाइने

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर दुई सोक्ला–खेलाप भ्यालीमा धान दिवस मनाईने भएको छ । धान दिबसलाई भव्य रुपमा मनाउन सोक्ला खेलाप कृषि तथा पशुपालन समूहका अध्यक्ष सन्त बहादुर थामीको संयोजकत्वमा समिति बनाइएको छ ।
दिवसलाई सफल बनाउन सो दिन कुनै पनि किसानले आफ्नो जग्गामा रोपाइँ नगरी धान दिवस समारोहमा उपस्थित हुने निर्णय भएको अध्यक्ष थामीले बताउनु भयो । कार्यक्रमममा जनप्रतिनिधी , सरकारी कार्यालयका प्रतिनिधी तथा स्थानीयलाई आमन्त्रण गरिने बताइएको छ । धान दिवसमा पञ्चै बाजा, स्थानीय लोक भाका, संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम समेत हुने स्थानीय अर्जुन पाख्रिने बताउनु भयो ।

Shares

Be the first to comment on "सोक्ला–खेलापमा धान दिवस मनाइने"

Leave a comment

Your email address will not be published.


*