सोक्लामा रक क्लाइम्बिङ, फ्रान्सका नागरिकले गरे भ्रमण   

भ्रमणमा फ्रेन्च नागरिकहरू । तस्विर बाबुराम शर्मा

बाबुराम शर्मा
चरिकोट, असार २७
दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाइम्बिङ एन्ड हाइकिङ’ रुट सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धि र विकासको सम्भावना भएको सोक्लामा रक क्लाइम्बिङ एन्ड हाइकिङ सुरु गरिएको बताइएको छ ।  
सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको प्रवर्द्धनका लागि गुरु योजनासहित उक्त क्षेत्रमा साहसिक पर्यटकीय गतिविधि सुरु गरेको हो । खेलाप, सोक्ला र चक्पासँग जोडिएका तीन वटै पहरामा मिनी रक क्लाइम्बिङ, एडभान्स र हाइ लेवलको रक क्लाइम्बिङ गर्न सक्ने विज्ञ तथा अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पाको भनाइ रहेको छ ।  
भूगोल र वातावरणीय दृष्टिले यो रक क्लाइम्बिङसँगै साइक्लिङ पनि गर्न सकिन्छ । स्वेदशीभन्दा पनि विदेशीहरुका लागि यो उत्तम गन्तव्य हो । माउन्टेड गाइड शेर्पाले भन्नु भयो,अन्डर ग्राउन्ड एडभेन्चर टुरिजमका लागि यो ठाउँ छनौटमा छ । यहाँ पाँच वटा रुट बनाएर रक क्लाइम्बिङ गर्न सकिन्छ । गुमडाँडाको डिलबाट पुनः प्याराग्लाइडिङ गरेर तामाकोसी किनारामा ल्यान्डिङ गर्नका लागि वेसक्याम्प बनाउनु छ । सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बन्जी जम्प निर्माण गरेर विदेशी पाहुना भित्र्याउन सक्ने शेर्पाको अध्ययनले देखाएको छ ।
भीमेश्वर नगरका विपत व्यवस्थापन टिमले सोक्लामा रक क्लाविङ परीक्षण गरेको छ । गाइड तथा प्रशिक्षक थिरबहादुर खड्का र शिव खड्काको टिमबाट सफल रुपमा रक क्लाइम्बिङ परीक्षण भइसकेको छ ।  प्रशिक्षक थिर बहादुर खड्काले सोक्लामा रक क्लाविङका लागि सबैको रोजाइको गन्तव्य हुने बताएका छन् । फ्रान्सका नागरिकहरुले समेत सोक्ला गाउँको रक क्लाइम्बिङ क्षेत्रको भ्रमण गरेका छन् । नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको यो टिमले यस क्षेत्रको प्रवद्र्धनका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । सोक्लाको पर्यटकीय गन्तव्यको उत्कृष्ट तस्विर र भिडियोलाई सामाजिक सञ्जालसँगै फ्रान्समा समेत प्रचार गर्ने उनीहरूले बताएका छन् ।

वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले फ्रेन्च नागरिकहरूलाई दोलखा बजारमा गरिएको स्वागत पछि दोलखाबाट फ्रेन्च नागरिकहरूले सोक्ला रक क्लाइम्बिङ एन्ड हाइकिङ २०७९ सुरु गरेका थिए । फ्रेन्च नागरिकहरु दोलखा, दुङगल, गंङरास, डिलढुंगा चक्पा हुँदै सोक्ला पुगेका थिए । उनीहरुले सोक्लामा बोम्बो(झाँक्रि) संस्कृतिको अवलोकन समेत गरे ।  यसपछि रक क्लाइम्बिङ रुटको भ्रमण गरेको सोक्लाश्वरी पर्यटन विकास समाजले जनाएको छ । उनीहरु यस रुट हुँदै गुमडाँडा भएर चम्पूचापार्क निस्किएका थिए । हाइकिङमा भीमेश्वर नगर विपद् व्यवस्थापनका थिरबहादुर खड्का र शिव खड्का, भीमेश्वर नगरका कार्यपालिका सदस्य मुना श्रेष्ठ,वडा नम्बर २ का वडा सदस्य सविना विक लगायतको सहभागिता रहेको थियो ।   सोक्ला पर्यटन विकास समाजले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको जानकारी दिँदै समाजका अध्यक्ष अर्जुन पाख्रिनले दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताउनु भयो । सोक्लालाई एडभेन्चर टुरिजम गन्तव्य बनाउनका लागि रक क्लाइम्बिङ, बञ्जि र प्याराग्लाइडिङसँगै ¥याफ्टिङ प्रवद्र्धनमा भीमेश्वर नगरपालिको बजेट व्यवस्थापन गर्नु पर्ने उहाँले बताउनु भयो । यहाँको साँस्कृतिक सम्पदा, जतीय तथा भाषिक विविधतालाई अध्ययन केन्द्र, पर्यापर्यटनलाई जोड दिनु पर्ने पाख्रिनको भनाइ रहेका छ । यसले यहाँका तामाङ, थामी, मगर, क्षत्री, नेवार र दलित समुदाय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Shares

Be the first to comment on "सोक्लामा रक क्लाइम्बिङ, फ्रान्सका नागरिकले गरे भ्रमण   "

Leave a comment

Your email address will not be published.


*