औषधी सेवन गर्न थाले दीर्घ रोगीले

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २६
दोलखाको तामाकोशी गाउँपालिकाले दीर्घ रोगका बिरामीको लागि निशुल्क औषधी उपलब्ध गराउन सुरु गरेसगैँ दीर्घ रोगीले औषधी सेवन गर्न थालेका छन् ।
लकडाउनका कारण दीर्घ रोगका बिरामीहरुले औषधी नपाउदा समस्यामा परेको भन्दै गाउँपालिकाले नै औषधी खरिद गरि सबै वडाका स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध गराउन सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलका अनुसार पालिकामा करिब ५ सय ५० जना दीर्घ रोगका बिरामी रहेका छन् । लकडाउनको कारण त्यस्ता बिरामीले सेवन गर्नुपर्ने औषधी पाउन सकेका छैनन् । उक्त बिरामीहरुलाई २ सय ९७ प्रकारका औषधी चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य संस्थाबाटै उपलब्ध गराउन सुरु गरिएको छ । जनताको निम्ती अहोरात्र काम गरेको बताउदै उनले भने, लकडाउनको कारण औषधी सेवन गर्न नपाएका र समस्यामा परेका नागरिकहरुको सहयोगको लागि पालिका अग्रसर रहेको छ ।  औषधी लिन छुटेका बिरामीहरुलाई तुरुन्त नजिकैको स्वास्थ्य चौकिमा सम्पर्क गर्न अनुरोध गरिएको छ । बैशाख १७ मा बसेको बैठकले पालिका भित्रका दीर्घ रोगीले खाँदै आएको औषधी निशुल्क वितरण गर्ने निर्णय भएको थियो ।

Shares

Be the first to comment on "औषधी सेवन गर्न थाले दीर्घ रोगीले"

Leave a comment

Your email address will not be published.


*