सेना दिवसको अवसरमा सेनाले ग¥यो रक्तदान

चरिकोट । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सेनाले आज रक्तदान कार्यक्रम गरेको छ । रणभीम गण दोलखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी दोलखाको समन्वयमा सो रक्तदान गरिएको हो । दोलखा सदरमुकाम चरिकोटमा भएको रक्तदान कार्यक्रममा गणका अधिकृत, पदिक तथा सकल दर्जाका १० जनाले रक्तदान गरेका छन ्।
रक्तदानको गणपति प्रमुख सेनानी बिदुर अधिकारीले रक्तदान गरि कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान जीवन दान भएको बताउँदै उनले ब्लड बैंकमा रगतको अभावमा नहोस् र रगतकै अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम राखिएको जानकारी दिए । ’हामीले ब्लड बैंकको क्षमता अनुसार रक्तदान गरेका छौँ,’ अधिकारीले भने । , ’सेना दिवसको अवसरमा मात्रै नभइ चाहिएको बेला नेपाली सेनाले अस्पतालमै पुगेर पनि रगत दिने गरेका छन्।’उनले भने ।
साताव्यापी कार्यक्रम गर्दै आएका रणभीम गण दोलखाले शुक्रबार चरिकोटस्थित पशुपति मन्दिरको सरसफाई, शनिबार चरिकोट बजार सरसफाइ, आईतवार गौरीशंकर बालगृह सरसफाइका साथै खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण गरेको थियो ।
त्यसैगरी २२ गते कोटीहोम यज्ञस्थल, २३ गते महांकाल भगवती मन्दिर परिसर र २५ गते कालिञ्चोक भगवती मन्दिर परिसर सरसफाइ गरेर साताव्यापी कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको रणभीम गण दोलखाले जनाएको छ।
एक वर्षमा २० जनाले रक्तदान
रणभीम गण दोलखाका अनुसार २०७५ साल सुरु भए यता जम्मा २० जनाले रक्तदान गरेको छ। अघिल्लो वर्ष २०७४ को भन्दा यो ३ ले बढि हो। अघिल्लो बर्ष जम्मा १७ जनाले रक्तदान गरेको गणपति प्रमुख सेनानी अधिकारीले जानकारी दिए । तथ्यांकअनुसार यो वर्ष ’ओ पोजेटिभ’ ब्लड ग्रुप भएकाहरुले बढि रक्तदान गरिएको पाइएको छ।

Shares

Be the first to comment on "सेना दिवसको अवसरमा सेनाले ग¥यो रक्तदान"

Leave a comment

Your email address will not be published.


*