सेनाद्धारा कालिञ्चोक मन्दिर जाने पैदल बाटो निर्माण सुरु

चरिकोट –नेपाली सेनाले कालिञ्चोक मन्दिर जाने पैदल बाटो निर्माण सुरु गरेकोछ । दोलखाको कालिञ्चोक गाउँपालिका १ को घ्याङ्गडाँडाबाट कालिञ्चोक मन्दिर जाने पैदल बाटो निर्माण बैसाख ६ गतेबाट सुरु गरेको जनाएको छ ।दोलखाको प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिन्चोकमा पर्यटकहरुको सुविधा र सुरक्षालाई ध्यान दिँदै नेपाली सेनाको रणभीम गण चरिकोटले पैदल बाटो मर्मत गरिरहेको छ । पछिल्लो समय कालिन्चोकमा बढ्दै गएको पर्यटकहरुको घुइँचोलाई ध्यान दिँदै कालिन्चोक क्षेत्रकै घ्याङडाँडाँदेखि कालिन्चोकसम्मको बाटो रणभीम गणले मर्मत गर्न गर्न थालेको हो ।
अहिले कालिन्चोक दर्शन लिमिटेडले कुरीदेखि कालिन्चोक मन्दिर छेउसम्म केबलबार सञ्चालन गरे पनि अधिकांश पर्यटकहरु हिँडेर मन्दिरसम्म पुग्न बाध्य छन् । कुरीबाट उकालो बाटो हुँदै कालिन्चोक जाँदा ठाडै उकालो भएकोले कतिपय पर्यटकहरु घ्याङडाँडाँ हुँदे जाने गरेका छन् । तर २०७२ सालको विनासकारी भूकम्पका कारण यो बाटो भत्किएको र डाँडैडाँडा जानुपर्दा जोखिम भएकोले रणभीम गणले सो बाटोलाई मर्मत गर्न लागको हो ।
रणभीम गणका सेनानी सन्तोष राउतको नेतृत्वमा ३५ जनाको टोलीले बैशाख ६ गतेदेखि बाटो निर्माणको काम गरिरहेको छ । सेनाले बिग्रिएको ठाउँमा बाटो बनाउने, आवश्यकता अनुसार सिँडी राख्ने तथा रेलिङ राख्ने काम गरिरहेको छ । बैशाखको पहिलो साताभरि हिउँ परेकोमा हिउँ तथा जाडोको पर्वाह नगरी कालिन्चोक क्षेत्रमै बसेर रणभीम गणले बाटो निर्माणकोमा स्थानीय बासिन्दा तथा यात्रुहरुले खुशी व्यक्त गरेका छन् । यही बैशाख २० गतेभित्र सम्पन्न गरिसक्ने गरी काम गरिरहेको र सो पैदल मार्ग निर्माणको लागि २ लाख रुपैयाँ नगद र २ लाख ५० हजार बराबरको जनशक्ति प्रयोग हुने रणभीम गणका गणपति प्रमुख सेनानी विदुर अधिकारीले दिनु भयो । निर्माण सम्पन्न भएपछि स्थानीय सरकारलाई हस्तान्तरण गरिने रणभीम गणले जनाएको छ । यस अघि पनि रणभीम गणले भूकम्पबाट क्षतिग्रस्त भएको सोही मार्गको जोखिमपूर्ण ठाउँमा सिँडी हाल्ने र केही ठाउँमा पैदलमार्ग निर्माण गर्ने कार्य गरेको थियो ।

 

Shares

Be the first to comment on "सेनाद्धारा कालिञ्चोक मन्दिर जाने पैदल बाटो निर्माण सुरु"

Leave a comment

Your email address will not be published.


*