सुशासन अभिबृद्धिका लागि साझेदारी मञ्च गठन

चरिकोट – सुशासनका लागि विभिन्न सवालामाथी छलफल गर्दै गाउँपालिका स्तरमा जवाफदेहिता अभिबृद्धिका लागि तामाकोसी गाउँपालिकामा साझेदारी मञ्च गठन गरिएको छ । हुराडेक नेपाल दोलखाले आईतबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मञ्च गठन भएको हो ।
जिल्लामा सुशासनको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको मानव अधिकार सचेचन् तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले युएसएआईडी र एफएचआई ३६० सँगको साझेदारीमा सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित साझेदारी समुह खासगरी गाउँपालिका स्तरका शिक्षा, स्वास्थ्य, कृषि र विपद् जोखिम व्यवस्थापन क्षेत्रका सवालमाथी छलफल गरिने बताईएको छ ।
गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको संयोजकत्वमा गठित मञ्चमा गाउँपालिका उपाध्यक्ष उर्मीला के.सी., प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेल सहित सबै शाखा, प्रमुख र वडाध्यक्षहरु रहनु भएको छ । मञ्चको आगमी बैठकले नागरिक समाज, स्थानीय सञ्चारकर्मी, उद्योग व्यवसायीका प्रतिनिधि, सिमान्तकृत समुदायका प्रतिनिधि लगायतलाई थप गर्ने हुराडेक नेपाल दोलखाले जनाएको छ ।
हुराडेक नेपालले पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत तामाकोसी गाउँपालिकामा सामाजिक जवाफदेहिताको औजारहरुको प्रर्वद्धन अन्र्तगत सार्वजनिक सुनुवाई, सामाजिक लेखापरीक्षण, सुशासन लागि क्षमता अभिवृद्धिका गतिविधि सञ्चालन गर्ने परियोजना संयोजक शेरबहादुर भुजेलले बताए । साथै सुशासन अभिवृद्धिका लागि नागरिक समाज र सञ्चार क्षेत्र सँगको समन्वयमा गाउँपालिकालाई आवश्यक सहयोग गर्ने भुजेलले बताए ।

मस्यौदाबारे छलफल
यसै गरी हुराडेक नेपाल दोलखाको सहजीकरण निर्माण भईरहेको तामाकोसी गाउँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको मस्यौदा माथी आईतबार छलफल गरिएको छ । तामाकोसी गाउँ पालिकको कार्यालयमा आयोजित छलफल कार्यक्रममा हुराडेक नेपाल दोलखाका टिम लिडर राजु वि.क. ले उक्त योजनामा समावेस गरिएका विषय वस्तुहरुको बारेमा जानकारी गराए ।
छलफल कार्यक्रममा तामाकोसी गाउँ पालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, उपाध्यक्ष उर्मीला के.सी., प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेल सहित गाउँ कार्यपालिकाका सदस्य र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उक्त स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको मस्यौदालाई आवश्यक सुझाव सहित पारित गरिएको छ । कार्यक्रमा गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले मस्यौदा उल्लेखित विषयवस्तु उपयुक्त रहेकोले त्यसलाई गाउँ कार्यपालिका समक्ष पेश गर्न आग्रह गरे ।

Shares

Be the first to comment on "सुशासन अभिबृद्धिका लागि साझेदारी मञ्च गठन"

Leave a comment

Your email address will not be published.


*