सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित

चरिकोट (दीस) ःमाथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका करार कर्मचारीहरू, विशेष गरी दोलखाबासी कर्मचारीहरू, सुविधामा विभेद गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। आयोजनामा कार्यरत झण्डै दुई सय कर्मचारीमध्ये दोलखाका १०१ कर्मचारीले अतिरिक्त सुविधामा विभेद भएको आरोप लगाएका छन्।

आयोजनाले निर्माणाधीन अवधिमा सबै कर्मचारीलाई समान रूपमा १०० प्रतिशत अतिरिक्त सुविधा उपलब्ध गराउँदै आएको थियो। तर, आयोजनाको निर्माण सम्पन्न भएपछि संवैधानिक र अन्य निकायहरूको दबाबमा आयोजनाले सुविधा घटाउने निर्णय गरेको थियो। यस निर्णयअनुसार दोलखाली कर्मचारीलाई ५० प्रतिशत र अन्य जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत सुविधा दिने भनिएको थियो।

दोलखाबासी कर्मचारीले सुरुदेखि नै यो निर्णय विभेदकारी भएको भन्दै एकद्वार प्रणालीबाट सबैलाई समान सुविधा दिन माग राख्दै आएका थिए। तर, पटकपटकको माग बेवास्ता भएपछि उनीहरू आन्दोलनमा उत्रिन बाध्य भएको संघर्ष समितिका संयोजक राम बहादुर खड्काले जनाएका छन्। उनीहरूले समस्या समाधान गर्न अल्टिमेटम दिए पनि सुनुवाइ नभएपछि शुक्रबारदेखि अनसन बसेका छन्, र आइतबारदेखि आयोजनाका सबै सवारीसाधन ठप्प पार्ने योजना बनाएका छन्।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले यो निर्णय आयोजनाको संचालक समितिको बैठकबाट भएको बताउँदै, बोर्ड बैठकमा पुनरावलोकन गर्ने आश्वासन दिएका छन्।निबार नेपाली कांग्रेस दोलखाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका चुनौती र समस्याबारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चरिकोट पुगेका प्रमुख कार्यकारी अधिकृत गौतमले यस्तो बताएका हुन्

Shares

Be the first to comment on "सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित"

Leave a comment

Your email address will not be published.


*