सुरक्षा गार्डको हत्या गरी सहकारीमा लुटपाट गर्ने दुई जना पक्राउ

सांकेतिक तस्बिर

दीक्षण समाचार
चरिकोट, मंसिर १६
दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगु स्थित हिमचुली सहकारी संस्था लि.मा कार्यरत सुरक्षा गार्डको हत्या र सहकारीको पैसा लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । सुरक्षा गार्ड हत्या र सहकारीमा लुटपाट गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले जुँगु घर भएका २७ वर्षीय बिक्रम कार्की र २०  वर्षीय सुमन कार्कीलाई आज राजधानी काठमाण्डौंबाट पक्राउ गरेको हो । विक्रम कार्की काठमाडौँको तीनकुने र सुमन कार्की चुच्चेपाटीबाट पक्राउ परेको र थप अनुसन्धानका लागि गृह जिल्ला दोलखा पठाइएको सिआइबीले जनाएको छ । प्रहरीले आरोपीहरुको साथबाट मृतक सुरक्षा गार्ड पुर्णबहादुर खड्काले प्रयोग गर्ने गरेको मोबाइल फेला पारी बरामद गरेको छ । गत कात्तिक १० गते सहकारीमा कार्यरत सुरक्षागार्ड खड्काको विभत्स हत्या र सहकारीबाट एक लाख ८५ हजार ७ सय ८० रुपैयाँ चोरी भएको थियो । सो घटना बारे सिआइबी टोलीले सुक्ष्म अनुसन्धान गरेको थियो । अनुसन्धानको एक महिनापछि घटनामा संलग्न भएका विक्रम र सुमनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

Shares

Be the first to comment on "सुरक्षा गार्डको हत्या गरी सहकारीमा लुटपाट गर्ने दुई जना पक्राउ"

Leave a comment

Your email address will not be published.


*