सुन्द्रावतीमा रक्तदान कार्यक्रम सम्पन्न

दीक्षण समाचार
चरिकोट, भदौ २०
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावती स्थित कटुवाचौरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिपज्योती समाज सुधार संस्था दोलखाको २७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र चरिकोटको प्राविधिक सहयोगमा नेपाल रडक्रस सोसाइटी सुन्द्रावती उपशाखा र संघले कार्यक्रमको आयोजना गरेको हो ।
जटिल प्रकारका बिरामी तथा दृर्घटनामा परेका घाइते व्यक्तिहरुलाई उपचारको क्रममा रगत आवश्यक परे सहज उपलब्धताका लागि संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका सभापति केशवप्रसाद सेढाईँले बताउनु भयो । संकलित रगत रक्तसञ्चार केन्द्रमा बचत गरिने र आवश्यक परेको बेला बिरामीलाई उपलब्ध गराइने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखेरेलले बताउनु भयो ।
जिल्लामा रगत अभावलाई टार्न विभिन्न संघसंस्थाले रक्तदानको कार्यतालिका अनुसार बेलाबेलामा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् । संकलित रगतमध्ये धेरै जसो प्रसुति सेवाका लागि खपत हुने गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस मनाइयो
आइतबार नेपाल रेडक्रस सोसाइटीको ६० औँ स्थापना दिवस दोलखामा पनि मनाइएको छ । सो अवसरमा रेडक्रसका संस्थापक हेनरी ड्युनाको तस्बिरमा माल्र्यापण गरिएको थियो । त्यसैगरी पाँच जनालाई न्यानो कपडा र पहिरो पीडित एक घरपरिवारलाई अखाद्य सामाग्री वितरण गरिएको सभापति पोखरेलले बताउनु भयो ।

Shares

Be the first to comment on "सुन्द्रावतीमा रक्तदान कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*