सुन्द्रवातीका ५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कबिराज थामी
चरिकोट, फागुन २५
दोलखाको भीमेश्वर नगरपालिका १ स्थित सुन्द्रावती आधारभुत विद्यालयमा अध्ययनरत् ५० जना विद्यार्थीलाई शनिबार छात्रवृत्ति प्रदान गरिएको छ ।
वर्ल्ड मोव्लिाइजेशनको आर्थिक सहयोगमा नेप्लिज होमको सहकार्यमा कक्षा ५ देखि ८ कक्षा सम्मको विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

छात्रवृत्तिमा झोला, २ दर्जन कपि, कलम, जुत्ता, मोजा र विद्यार्थी पोषाक समेत वितरण गरेको थियो ।
विद्यार्थीहरुका लागि आउने शैक्षिक सत्रको मासिक शुल्क, विद्यार्थी पोषाक सिलाउने खर्च समेत विद्याालयलाई हस्तान्तरण गरिएको नेप्लिज होमका प्रशासक अधिकृत भुवन खत्रीले बताए ।

 

नेप्लिज होमले अहिले दोलखा र काठमान्डौ गरि २ वटा जिल्लामा यस्ता कार्यक्रम गर्दै आएको नेप्लिज होमका प्रशासक अधिकृत खत्री ले बताए । काठमान्डौमा ४ वटा बालगृहका बिपन्न, जेहेन्दार, गरिब विद्यार्थीलाई नि शुल्क अध्यापन गराउदै आएको, बेचबिखानमा परेका महिलाहरुलाई पनि अध्यायन गराउदै रहेको उनले बताए ।
नेप्लिज होमले मानव बेचबिखन हुनबाट जाेगिन विभिन्न जिल्लाहरुमा गएर जनचेतना मुलक कार्यक्रम गर्ने, विद्यालयमा गएर विद्यार्थीहरुलाई प्रस्तुती विभिन्न बिषयमा जनचेतना कार्यक्रम गर्ने गरिएको नेप्लिज होमले जनाएको छ ।

Shares

Be the first to comment on "सुन्द्रवातीका ५० विद्यार्थीलाई छात्रवृत्ति प्रदान"

Leave a comment

Your email address will not be published.


*