सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ हुुने

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर १९
दोलखाको मेलुङ गाउँपालिकालाई सुन्तला पकेट क्षेत्रको घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ हुने भएको छ ।
पालिकालाई सुन्तला पकेट क्षेत्र घोषणाका साथै सुन्तला बगैँचाको निर्माण गरि सुन्तला बचाउ अभियानका लागि मंसिर २८ र २९ गते  मेलुङ गाउँपालिकाका वडा नम्बर १ पवटीको रमाइलो डाडाँमा सो महोत्सव गर्ने भएको हो ।
उक्त गाउँपालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर २ को ढलेको वर, डाडाँगाँउ, च्याने, वडा नम्बर४ का लामाटार, आँगेटार, मानेडाडाँ, बुद्धचोक, वडा नम्बर ६को तीनपिप्ले लगायतको स्थानमा सुन्तला उत्पादन हुने गरेको छ ।
सो स्थानहरु समुन्द्री सतहबाट ९ सय देखि १४ सय मिटर उचाईसम्म रहेकाले उत्पादित सुन्तलाहरु रसिलो र स्वादिलो हुने गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए ।
उनको अनुसार गाउँपालिकालाई निकट भविष्यमा प्राङगारिक बनाउन पालिका लागि परेको छ ।महोत्सवको उद्धघाटन प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए ।
उनका अनुसार महोत्सवको पहिलो दिन विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन, सांगितिक प्रस्तुति, सुन्तला, तथा सुन्तला जातका फलफुलहरुको स्टल राखिने, पालिकाको तस्बिरहरु प्रदर्शन गरिने, पालिकामा उत्पादित औगोगिक सामग्रीको प्रदर्शनी गरिने छ ।
महोत्सवको दोस्रो तथा अन्तिम दिन सुन्तला विज्ञहरुको कार्यपत्र प्रस्तुति, सांगितिक प्र्रस्तुति र मेलुङ संकल्प नामक वृत चित्र प्रदर्शन गरिने थोकरले बताए ।

Shares

Be the first to comment on "सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ हुुने"

Leave a comment

Your email address will not be published.


*