सुनसान छ तातोपानी नाका

सिन्धुपाल्चोक(दीस) ः भुकम्प अघि अति ब्यस्त रहने तातोपानी नाका अहिले सुनसान छ । २०७२ सालको भुकम्प पछि सुनासान बनेको यो नाका अहिलेसम्म पनि गुल्जार हुन नसकि सुनसान नै देखिएको हो ।
नेपाल –चीन ब्यापार गर्ने प्रमुख नाका तातोपानीमा भुकम्प अघि निक्कै ब्यस्त हुने होटल तथा रेष्टुराको अहिले नाम निशान पनि छैन । नेपालको सबै भन्दा पुरानो नाका अहिले आंशिक रुपमा खुलेको करिब ४ बर्ष जति भएपनि निर्यात भने ठप्प छ । मितेरीपुल आसपासको क्षेत्र अहिले पनि सुनसान देखिन्छ । यदाकदा कहिले काहीँमात्र केही सामान यो बाटो भएर आउने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीको भनाई छ । हालै पुस्पकमल दहाल नेपालका प्रधानमन्त्री नियुक्त भएपछि नेपाल–चीन जोड्ने अधिकाँश नकाहरु खुलेपनि ब्यावसायीक निक्कै महत्वपुर्ण मानिने तथा केरुङबाट सामान ढुवानी गर्न कम दुरीरहेको तातोपानी नाका भने पूर्ण रुपमा नखुलेको ब्यापारीहरुले बताउनु भयो । लामो समयदेखि नाका पूर्णरुपमा नखुल्दा नाकामा काम गर्ने मजदुरहरु पनि समस्यामा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताउनुभयो ।
नाकामा चहलपहल बन्द हुँदा स्थानीय ब्यापारिहरु तातोपानी बाट विस्थापित भएका छन् । ठूला ब्यापारीहरुमात्र होइन झोले ब्यापार गर्ने युवाहरु पनि बेरोजगारीका कारण विदेश पस्न बाध्य भएको तातोपानीका स्थानीयहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "सुनसान छ तातोपानी नाका"

Leave a comment

Your email address will not be published.


*