सुनखानीमा फ्युज सेवा सुरु

चरिकोट(दीस)ः नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवालाई भरपर्दो बनाउन कालिञ्चोक गाउँपालिका वडा नम्बर आठको सुनखानीमा फ्युज सेवा संचालनमा ल्याएको छ । आइतवारबाट प्राधिकरणले सो सेवा संचालनमा ल्याएको हो ।
आइतबार कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले प्राधिकरणको फ्युज सेवा कार्यालयको उद्घाटन गर्दै कार्यालयको स्थापनाबाट अब कालिञ्चोक गाउँपालिका क्षेत्रका विद्युत भरपर्दो र गुणस्तरीय हुने विश्वास ब्यक्त गर्नु भयो ।
ग्राहकको सेवालाई ध्यानमा राखी दोलखा वितरण केन्द्रले सेवा संञ्चालनमा ल्याएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी बताउनुभयो ।

Shares

Be the first to comment on "सुनखानीमा फ्युज सेवा सुरु"

Leave a comment

Your email address will not be published.


*