सिहंदबारको अभ्यास ःकालिन्चोक गाउँपालिकामा विकास शिविर

चरिकोट(दीस) –दोलखाको कालिन्चोक गाउँपालिकाले सिंहदबारको आभास दिदै “विकास शिविर” संन्चालन सकेको छ । शुक्रबार वडा नम्बर ८ मा आएर “विकास शिविर ”संन्चालन सकेको हो । यो सँगै पालिकाको सवै वडामा विकास शिविर सकिएको छ । पालिकाले चालु आर्थिक वर्षका सबै योजना फागुन भित्र सक्ने उदेश्यका साथ “समृद्ध कालिन्चोक विकासको आधार ू भन्ने मुल नाराका साथ समयमा नै योजना सम्पन्न गर्ने उद्धेश्यका गत भदौ देखी वडामा नै गएर ू विकास शिविर मार्फत सबै योजनाको सम्झौता गर्न सुरु गरेको थियो । यो चाँलु आर्थिक बर्षमा ४३४ योजना रहेको पालिकामा हाल सम्म ३७४ योजना सम्झौता सकेको छ । विकास शिविरमा वडा कार्यालयमा नै गएर पालिकाकाले यो चाँलु आर्थिक बर्ष भित्र गरिने योजनाको सम्झौता गरिएको थियो । पालिकाको पुसमा सम्झौता सक्ने उदेश्य भएको र सोही अनुरुप सम्झौता सकिएको गाउँपालिकाका प्रमुख विन कुमार थामीले बताए ।
,माघमा योजना अनुगमन गर्ने र फागुनमा भुक्तानी सक्ने उदेश्यका सवै वडामा शिविर संन्चालन गरिएको गाउँपालिकाका उपप्रमुख कालिका पाठकले जानकारी दिइन । जनतालाई सिंहदबार अभास दिन विकास शिविर संन्चालन गरिएको पाठकले बताइन । । शिविर संन्चालनले गाउँपालिकाको कार्यालयमा नै गएर सम्झौता गर्नु पर्ने समस्या हटेको र वडामा सेवा पाएको उपभोक्ता समितिका पदाधिकारी बताउँछन । वडा नम्बर ९ मा रहेको ूबुढाभिमसेन जात्राू समितिका सचिब तीर्थ थामीले वडामा नै आएर गाउँपालिकले सवै सेवा ल्याएर सम्झौता गर्दा समयको बचत भएको बताए ।
वडामा नै पालिकाले योजना सम्झौता हुदाँ पालिकामा जाँदा लाग्ने समयको बचत हुनुका साथै तल्लो स्तरमा सेवा पाएको वडा नम्बर ९ मा ढाका उद्योग संन्चालन गर्दै आएकी ढाका उद्योगकी संन्चालक गोमा थामीले बताइन । पालिकाले बर्ष भर गर्ने योजनालाई विभिन्न शिर्षकका छुट्याएर फागुन भित्र नै योजना सक्ने लक्ष्य राखेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नबराज ओलीले बताए । भौतिक विकासलाई छिटै सक्न यस शिविरले सहयोग पुग्ने ओलीले बताए । ९५ प्रतिशत भौतिक योजना सम्झौता सकिएको गाउँपालिकाका ईन्जिनियर नारायण शिबाकोटीले बताए ।फागुनमा योजना सक्ने लक्ष्यले असारे विकासलाई रोक्ने पनि ईन्जिनियर शिबाकोटीले बताए । उनले भौतिक पुर्वाधार तर्फको भदौमा सम्झौता भएका धेरै योजना सम्पन्न भएको ईन्जिनियर शिबाकोटीले जानकारी दिए ।
सामूहिक योजना सम्झौताको कार्यक्रमलाई गाउँपालिकाले “विकास शिविर ”भन्ने नामाकरण गरेको थियो ।
शिविरमा स्वास्थ्य जाँच, अपाङ्गता परिचय पत्र वितरण गरेको थियो । वडा नम्बर ८मा भएको सम्झौता कार्यक्रममा प्रदेश नम्बर ३ का गाउँपालिका माहासँघका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले स्थानीय स्तरको विकासमा सवै जनता चनाखो हुनु पर्ने बताए । उनले उपभोक्ता समितिले पाएको योजनामा पनि अनुगमन गर्न जनतालाई सुझाब दिए । अहिले उपभोक्ता समितिमा पनि भष्ट्रचार बढेको पोखरेलको भनाई रहेको छ ।
कार्यक्रममा नेकपा दोलखाका सचिब गोपाल पाण्डे ,नेपाली कांगे्रसका सचिब बालकृष्ण आचार्य , वडा नम्बर ९ का अध्यक्ष राम प्रसाद मैनालीले मन्तव्य ब्यक्त गरेका थिए । गाउँपालिकाका जम्मा ४ सय ३४ वटा योजना रहेकोमा पुर्बाधार निर्माण तर्फ रहेका ३०० योजना मध्ये २ सय ७४ वटा अर्थात ९५ प्रतिशत योजना सम्पन्न भएको पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "सिहंदबारको अभ्यास ःकालिन्चोक गाउँपालिकामा विकास शिविर"

Leave a comment

Your email address will not be published.


*