सिलाई कटाइ तालिम सञ्चालन

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर ६ का महिलाहरुका लागि सिलाई कटाई तालिम सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षको वडा कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सो तालिम सञ्चालन भइरहेको हो ।
फागुन ६ गतेबाट सञ्चालन भइरहेको तालिम १० दिन सम्म सञ्चालन गरिने वडा नम्बर छ का वडाध्यक्ष नविन लामाले जानकारी दिनुभयो । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ । आइतवार तालिमको निरिक्षण गर्दै लिनेहरुलाई सिलाई मेसिन समेत उपलब्ध गराइने भीमेश्वर नगरका मेयर ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो । तालिमले प्रशिक्षार्थी महिलाहरुलाई स्वरोजगारमा मद्दत पुग्ने वडाको विश्वास रहेको छ ।

Shares

Be the first to comment on "सिलाई कटाइ तालिम सञ्चालन"

Leave a comment

Your email address will not be published.


*