सिमपानीमा स¥यो घरेलु तथा साना उद्योग कार्यालय

दीक्षण समाचार
चरिकोट, कार्तिक ३०
घरेलु तथा साना उद्योग कार्यालय दोलखाले चरिकोटको सिमपानीबाट बुधबारदेखि सेवा प्रवाह गर्न थालेको छ । दोलखा बजारमा आफ्नै भवन हुँदाहुँदै चरिकोटमा भाडाको घरबाट सेवा प्रवाह गरिरहेको घरेलु कार्यालय सरेर आर्मी क्याम्प नजिकै सिमपानी पुगेको हो ।
बसपार्कमा रहेको घरमा कार्यालय सञ्चालन गर्न असहज भएकोले १२ वटा कोठा सहित सभाहल र गाडी पार्किङको समेत सुविधा रहेको घरमा सारिएको सुचना अधिकारी दिपक सिटौलाले बताउनुभयो ।
“सातदोबाटो चोकबाट त्यहाँ पुग्न ५–१० मिनेट लाग्छ । तर सेवा भने बसपार्कको भन्दा अझ व्यवस्थित ढंगले सहजै दिन सक्छौं । त्यसैले सम्पूर्ण प्रक्रिया मिलाएरु कार्यालय सिमपानी क्षेत्रमा सारेका हौं” उहाँले भन्नुभयो ।
बसपार्कमा मासिक ३३ हजार १ सय रुपैयाँ भाडा तिर्दै आएको घरेलु कार्यालयले सिमपानीमा ३५ हजार रुपैयाँ घर भाडा तिर्ने सम्झौता गरेको छ । कार्यालयमा प्रमुखको कक्ष, लेखा शाखा, प्रशासन शाखा, उद्योग प्रशासन शाखा, वाणिज्य प्रशासन, भण्डारण तथा अतिथि कक्ष रहन्छ ।
कार्यालयको दोलखा बजारमा आफ्नै कार्यालय भवन रहेको छ । तर त्यहाँ सेवाग्राहीलाई अपायक पर्ने भएको भन्दै चरिकोटमा कार्यालय सञ्चालन गरिएको हो ।
सार्वजनिक खरिद नियमावली भएको व्यवस्था अनुरुप १५ दिने सूचना जारी गरी घरहरुको प्रस्ताव आह्वान गरिएको थियो । प्राप्त प्रस्ताव अनुसार घरको निरीक्षण, मूल्याङकन गरी कार्यालय सारिएको सुचना अधिकारी सिटौलाले बताउनुभयो ।
कार्यालय व्यावस्थापनको लागि चालु आवमा पाँच लाख रुपैयाँ बजेट प्राप्त भएकोमा सोही बजेटबाट खरीद गरिएको नयाँ तथा कार्यालयमा रहेको पूरानै फर्निचर लगायतका आवश्यक सामग्री प्रयोग गरी कार्यालय व्यवस्थित तवारबाट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "सिमपानीमा स¥यो घरेलु तथा साना उद्योग कार्यालय"

Leave a comment

Your email address will not be published.


*