सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

चरिकोट (दीस) ः सिन्धुपाल्चोकको गोल्चे केन्द्र विन्दू भएर भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्र विन्दु भएर आइतबार दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्र विन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । २०७२ सालको भूकम्पको पराकम्पन हालसम्म जाने गरेको विज्ञहरुले भनाई रहेको छ । २०७२ सालमा पुर्वमा भूकम्प गएपनि पनि देशको पश्चिममा भने अहिले पनि भूकम्पकीय दृष्टीकोणले जोखिम रहेको विज्ञको भनाई रहेको छ ।

Shares

Be the first to comment on "सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प"

Leave a comment

Your email address will not be published.


*