सिन्धुपाल्चोकमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता हुने

२ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीमा ‘भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने भएको हो । आयोजक भोटेकोशी गाउँपालिकाले बिहीबार पत्रकार सम्मलेन गरी प्रतियोगिता वैशाख ८ गतेदेखि ११ गतेसम्म तातोपानी आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन हुने जानकारी दिएको छ ।प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहनेछ । एपीएफ, त्रिुभुवन आर्मी र नेपाल पुलिस तथा न्यू डायमण्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र र सिन्धुपाल्चोक भलिबल संघको टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता लिगकप नकआउटका आधारमा खेलाइने छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख प्राप्त गर्नेछ । चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछ । यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याचले दुई हजार पाउने छ भने प्रतियोगिताको उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिवेरो, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले ७–७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता आयोजनाका लागि २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "सिन्धुपाल्चोकमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*