सिन्धुपाल्चोकमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दोलखाका २३ वर्षीय विश्वराज श्रेष्ठको मृत्यु

चरिकोट (दीस) ः सिन्धुपाल्चोकमा बसले मोटरसाइकललाई ठक्कर दिदाँँ दोलखाका एक युबकको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाँउपालिकाका ७ का हाल भीमेश्वर ३ चरिकोटको बसपार्क बस्ने २३ वर्षीय विश्वराज श्रेष्ठ रहेका छन्।
मंगलबार दिउँसो साँढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३–०२–०१३ प ३५८६ नम्बरको मोटरसाइकललाई सिन्धुपाल्चोकमा १६ किलोमा ठक्कर दिएको थियो । घाइते श्रेष्ठको उपचार गर्ने क्रममा काठमाडौको बीएन्डबी अस्पताल मृत्युु परिवारिक स्रोतले बताएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिएको सिन्धुपाल्चोक प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "सिन्धुपाल्चोकमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दोलखाका २३ वर्षीय विश्वराज श्रेष्ठको मृत्यु"

Leave a comment

Your email address will not be published.


*