सिन्धुपाल्चोकको पहिरोमा ३८ जना बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोले पुरिएर हराइरहेका ३८ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ । तर, उनीहरुको सनाखत भएको छैन ।

बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ, हिरा भक्ति, जीते झाँक्री र सानुकान्छी दोङ (गर्भवती) रहेका छन् ।

यस्तै दन्दुस दोङ, सुरज दोङ, करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ, टीकामाई दोङ, छिरिङ दोङ, मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्ची लामा दोङ, धनमाया तामाङ दोङ, रेनिस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुश दोङ, सुवास तामाङ र टीकामाई दोङ बेपत्ता छन् ।

पहिराले ३७ घरमा क्षति पुर्‍याएको डीएसपी काफ्लेले बताए । पहिरोमा परी पाँच जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको चौतारा र १ गम्भीर घाइतेको काठमाडौंमा उपचार जारी छ ।

गाउँपालिका उपप्रधुम सिर्जना तामाङले दिएको जानकारीअनुसार बेपत्ता हुने एउटै टोलका बासिन्दा हुन् । उनका अनुसार घ

Shares

Be the first to comment on "सिन्धुपाल्चोकको पहिरोमा ३८ जना बेपत्ता"

Leave a comment

Your email address will not be published.


*