सित्का माविले ५६ औं वार्षिक उत्सव भव्यताका साथ मनायो (फोटो फिचर )

सित्का –दोलखाको कालिन्चोक गाउँपालिका रहेको सित्का माध्यमिक विद्यालयको ५६ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । वार्षिक उत्सव समारोहमा नवनिर्मित ८ कोठे भवनको दोलखाको जिल्ला समन्वय समितिका प्रमुख प्रमुख डवल उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले विद्यालयको व्यवस्थापनमा स्थानीय सरकारसँग समन्वय गर्दै आएको बताए । गाउँपालिका प्रमुख विनकुमार थामीले गाँउपालिका भित्रको शिक्षाको गुणस्तर सुधार गर्न गाँउपालिका सधै तत्पर रहेको बताए । त्यसैगरी प्रमुख थामीले शैक्षिक व्यवस्थापनको लागि गाँउपालिका योजना बनाएर लागेको जानकारी दिए ।
कार्यक्रममा विद्याालयका प्रधानध्यापक निलकुमार खुलालले अवको सिकाई ७० प्रतिशत पु¥याइने जानकारी दिए । त्यसैगरी भावि दिनका विद्यालयलाई भौतिक सुविधा सम्पन्न बनाउने योजना रहेको उनले बताए । विद्यालयमा खानेपानीको अभाव रहेको जनाउदै सरोकारवाला निकायसँग खानेपानीको व्यवस्थापन गर्न समेत खुलालले अनुरोध गरेका थिए ।

कार्यक्रममा साविक सुनखानिबाट शिक्षक सेवामा प्रवेश गर्नुहुने १२ जना शिक्षकलाई बधाई तथा सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा वर्ष शिक्षकबाट सुजय प्रसाद शिवाकोटी ,वर्ष अभिभावकबाट यज्ञ प्रसाद शिवाकोटी तथा विद्यालय व्यवस्थापन सदस्य तिर्थ शिवाकोटी लाई सम्मान गरिएको थियो ।,समारोहमा स्काउट मार्चपास, विविध सांस्कृतिक कार्यक्रम , विद्यार्थी पुरस्कार वितरण गरिएको थियो ।

 

 

Shares

Be the first to comment on "सित्का माविले ५६ औं वार्षिक उत्सव भव्यताका साथ मनायो (फोटो फिचर )"

Leave a comment

Your email address will not be published.


*