सित्का माविले मनायो आफ्नो ५७ औ वार्षिक उत्सव

सित्का (दीस) –दोलखाको कालिन्चोक गाउँपालिकामा रहेको सित्का माविले आफ्नो ५७ औ वार्षिक उत्सव तथा अभिभावक भेला आज गरेको छ । जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डेले कार्यक्रमको उद्धघाटन गरेका थिए । कार्यक्रममा पुर्व प्रअहरु निलकुमार खुलाल , दिनेश प्रसाद शिवाकोटी र पुर्व विव्यस अध्यक्ष लाल वहादुर खुलाललाई सम्मानित गरिएको थियो ।
धन वहादुर बुढाथोकीको अध्यक्षतामा कार्यक्रममा पालिकाकी उपाध्यक्ष कालिका पाठक, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा , शिक्षाविकास तथा समन्वय ईकाई दोलखाका शंकर बाबू श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा प्रधानअध्यापक जमुना खुलालले वार्षिक प्रगति प्रतिवेदन र प्रदिप खुलालले १करोड ४५ लाख बरावरको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

 

Shares

Be the first to comment on "सित्का माविले मनायो आफ्नो ५७ औ वार्षिक उत्सव"

Leave a comment

Your email address will not be published.


*