सिंगटी हाइड्रो इनर्जीको साधारणसभा पुस ३० मा

सिंगटी – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको वार्षिक साधारणसभा अागामी पुस ३० गते हुने भएको छ । कम्पनीको गत ८ गते बसेको सञ्चालक समितिको बैठकले नवौ वार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभामा कम्पनीको वार्षिक प्रतिवेदनको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको छलफल गरी स्वीकृत गरीनेछ । साथै, नयाँ लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले अहिले २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना निर्माण गरीरहेको छ । हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको साधारणसभा पुस ३० गते हुने हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको २६ औ वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । कम्पनीको २०७४/७५ को वार्षिक साधारणसभा हुन लागेको हो । साधारणसभामा कम्पनीकाे वासलात, नाफा नोक्सान नगद प्रवाह विवरणको छलफल गरी पारीत गरीनेछ । साथै, साधारणसभाले कम्पनीको नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले ३ मेगावाटको भैरवकुण्ड स्मल हाइड्रोइलेक्ट्रिक आयोजनाकाे  निर्माण पुरा गरि ग्रिडमा जोडिसकेको छ । कम्पनीले अहिले २१.६ मेगावाटको लोअर मेवाखोला र १३२ केभी भोटेकोसी–लामोसाघुँ प्रसारणलाइन निर्माण गरीरहेको छ । विद्युत उत्पादन कम्पनीको बार्षिक साधारणसभा पनि पुस ३० मा विद्युत उत्पादन कम्पनी लिमिटेडको वार्षिक साधारणसभा पनि पुस ३० गते हुने भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारणसभा सोमबार हुन लागेको हो । साधारणसभामा कम्पनीकाे २०७४/७५ को वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण छलफल गरी पारीत गरिनेछ । साधारणसभाले कम्पनीको नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

Shares

Be the first to comment on "सिंगटी हाइड्रो इनर्जीको साधारणसभा पुस ३० मा"

Leave a comment

Your email address will not be published.


*