सिंगटी शाखालाई कम्युटर हस्तान्तरण

सिंगटी –दोलखा उद्योग बाणिज्य संघले उद्योग बाणिज्य संघ सिंगटी शाखालाई शनिबार कम्युटर हस्तान्तरण गरेको छ । दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले शाखाका अध्यक्ष महेश श्रेष्ठलाई सो कम्युटर हस्तान्तरण गरेका हुन । सिंगटी शाखामा कम्युटर व्यवस्था भएसँगै सो क्षेत्रका व्यवसायी काम गर्न सहयोग पुग्ने उदेश्य सो कम्युटर हस्तारण गरिएको पनि अध्यक्ष कार्की बताए । सिंगटी शाखा अहिले व्यवसायीको हित काम गर्न तत्पर रहेको पनि शाखा अध्यक्ष श्रेष्ठले बताए ।
यसै विच शनिबार नै घरेलु बिकास समिति दोलखाले सिंगटीमा ब्यबसाय दर्ता सिबिर संचालन गरेको छ । सिबिरमा ४४ जना व्यवसायीले व्यवसाय दर्ता गरेको पनि जनाइएको छ ।

Shares

Be the first to comment on "सिंगटी शाखालाई कम्युटर हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*