सिंगटी खोलाको शेयर जारी हुने

दीक्षण समाचार
चरिकोट, २९ जेठ
सिंगटी हाइड्रो इनर्जी र युनाइटेड इदि(मार्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर निष्काशन गर्नको लागि क्रेडिट रेटिङ गराएका छन्् ।
दुबै कम्पनीले प्राथमिक शेयर निष्काशन गर्न मिल्ने न्युनतम रेटिङ ‘केयर एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेका छन्् ।
सिंगटी हाइड्रोले ४३ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जम्मा लगात भने चार अर्ब ७५ करोड रुपैयाँ पुग्ने अनुमान छ । बैंकको व्याजदर बढ््नुका साथै समयमा आयोजना सम्पन्न नहुने अवस्था आएमा यस्तो लागत बढ््नेछ ।
आयोजना निर्माणका लागि आवश्यक उपकरण चीन तथा भारतबाट आयात गरिनु पर्ने भएकोले विदेशी विनिमयदरले पनि लागतमा प्रभावित पार्नेछ । आयोजनाको निर्माण कार्य सकिएर हाइड्रोलोजी र ट्रान्समिसन लाइनको काम भैरहेको छ। यो कार्य केहि समयमा सकिनेछ। तर नेपाल विद्युत प्राधिकरणले तयार पार्नु पर्ने सिंगटी सवस्टेसन भने तयार हुन बाँकी छ ।
युनाइटेडले पनि १० करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले यसै वर्षदेखि जलविद्युत उत्पादन गर्ने योजना बनाएकोमा विद्युत गृहमा पानी पर्याउने पाइप पहिरोले बगाउँदा निर्माण कार्य ढिला भएको हो। निर्माण कार्यमा ढिलाइ हुँदा आयोजनाको लागत अनुमान गरिएको भन्दा १२ करोड रुपैयाँ बढि लागेको हो ।
आयोजनाको अनुमानित लागत एक अर्ब २५ करोड रुपैयाँ गरिएकोमा बढेर एक अर्ब ३७ करोड रुपैयाँ लाग्ने भएको छ । अझै निर्माण कार्य भैरहेको हुँदा यस्तो लागत बढ््न सक्छ । यसै आधारमा प्रतिमेगावाट लागत १९ करोड ६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको हो । कम्पनीले ७५ प्रतिशत रकम ऋण र २५ प्रतिशत शेयर पूँजीबाट जुटाउनेछ ।

Shares

Be the first to comment on "सिंगटी खोलाको शेयर जारी हुने"

Leave a comment

Your email address will not be published.


*