सिंगटीमा स्व. कोइरालाको स्मृति

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ७
नेपाली कांग्रेसका स्वर्गीय नेता गिरीजा प्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा आयोजित  शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिपी कोइराला फाउन्डेसन दोलखाको आयोजनामा सिंगटीमा नेपालको राजनितिमा गिरीजा प्रसाद कोइरालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रजातन्त्रलाई संस्थागत गर्न र गणतन्त्र स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेका स्व. कोइरालाको स्मृतिमा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ । जिपी कोइराला फाउन्डेसनका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले नेपाल र नेपालीलाई कोइरालाले ठुलो गुन लगाएकोले उनि र उनको योगदानको सधैँ स्मरण गरी कोइरालाको मार्गमा हिड्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डे, दोलखाका सभापति रुद्र बहादुर खड्का, पुर्व सभापति तारा बहादुर कोईराला, नेताहरु वर्मा लामा र ईश्वर नारायण मानन्धर लगायतले सम्बोधन गरेका थिए । वि.स. १९८१ असारमा १८ मा जन्मेका कोइरालाको निधन २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा निधन भएको थियो । नेपालको राजनितिमा राजनेतको रुपमा परिचित कोइराला ४ पटक सम्म नेपालको प्रधानमन्त्री बन्न सफल भएका थिए ।

Shares

Be the first to comment on "सिंगटीमा स्व. कोइरालाको स्मृति"

Leave a comment

Your email address will not be published.


*