सिंगटीको एक फेन्सी पसलमा आगलागी, ५० लाख बराबरको क्षति

दीक्षण समाचार चरिकोट, कार्तिक १८

दोलखाको कालिञ्चोक गाउँपालिका-३ सिंगटीमा अवस्थित फेन्सी पसलमा आगलागी भएको छ । बिहीबार राती विद्युत सर्ट हुँदा नैना बहादुर शिवाकोटीको घरसँगै रहेको फेन्सी पसल र गोदाममा आगलागी भएको हो । आगलागीबाट पसलमा लत्ताकपडासहित फेन्सीका सामान जलेर पुर्णरुपमा नष्ट भएको दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनुभयो। राती करिब १० बजेको समयमा बिद्युत सर्ट भई पसलमा आगलागी भएको सिग्देलले बताउनुभयो ।पसल धनी शिवाकोटीले एक्कासी पसलमा रातीआगो लागेको बताउनु भयो । आगलागी बाट ५० लाख बराबरको क्षति भएको उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "सिंगटीको एक फेन्सी पसलमा आगलागी, ५० लाख बराबरको क्षति"

Leave a comment

Your email address will not be published.


*