सार्वजनिक सुनुवाई सम्पन्न

चरिकोट (दीस) ः कृषि विकास कार्यालय रामेछापले चालु आर्थिक बर्षमा कार्यालयले कार्यान्वयन गर्ने कार्यक्रमको सार्वजनीकरण तथा सार्वजनिक सुनुवाई मंगलबार चरिकोटमा सम्पन्न भएको छ । गोष्ठीको बागमती प्रदेशका सांसद भरत के.सीले एक समारोहका बीच उद्घाटन गर्नु भएको थियो । उहाँले कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्नु हँुदै देश भित्र कृषितर्फ बजेटमा संस्थागत भ्रष्टचार बढेको भन्दै त्यसलाई रोक्न सबै लाग्नु पर्नेमा जोड दिनु भयो । अहिले कृषि क्षेत्रमा वीउ वीजन समेत विदेशबाट ल्याइने गरेको कारण रैथाने वीउवीजन मासिदै गएकोले भोलीका दिनमा भारतले वीउवीजनमा नाकाबन्दी गरेमा देशमा संकट आउन सक्ने बताउनु भयो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले कृषि क्षेत्रमा वितरण गरिएका अनुदान समेतलाई अनुगमन गर्न कार्यालयलाई सुझाब दिनु भयो । मेलुङ गाँउपालिकाका प्रमुख हिराकुमार थोकरले कार्यक्रम लागु गर्दा स्थानीय सरकारसँग समन्वय गरेर मात्र अघि बढ्दा पालिका भित्रका कार्यक्रमसँग दोहोरपना हट्ने बताउनु भयो। यस आर्थिक बर्षमा कृषि विकास कार्यालय रामेछापका अनुसार बीउबिजन आत्मनिर्भर कार्यक्रम, कृषि सहुलियतपूर्ण कर्जा (ब्याज अनुदान), कृषि क्षेत्रमा विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरण जस्ता कार्यक्रम रहेका छन् । त्यस्तै यो बर्ष हस्तान्तरण भएका शीतभण्डार गृहहरुमा प्रशासनिक भवन शौचालय तथा वारवन्देज निर्माण, एक प्रदेश एक सदस्य निर्वाचन क्षेत्र एक प्राँगारिक मल कारखाना स्थापना, विद्युतीय प्रणालीमा आधारित लिफ्ट सिंचाई सहयोग कार्यक्रम, वातावरण अनुकुलित व्यावसायीक च्याउ खेती प्रवद्र्धन कार्यक्रम जस्ता कार्यक्रम रहेको कार्यालयले जनाएको छ । कार्यालयको हाल कार्यक्षेत्र रामेछाप र दोलखामा रहेको छ ।

Shares

Be the first to comment on "सार्वजनिक सुनुवाई सम्पन्न"

Leave a comment

Your email address will not be published.


*