सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन आग्रह

चरिकोट(दीस)ः जिल्ला प्रशासन कार्यालय दोलखाले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले आइतवार सार्वजनिक सूचना प्रकाशित गरी सो आग्रह गरेको हो ।
कसैको निजिहक दर्ता भई भोग चलन भएको बाहेकको सरकारी वा सार्वजनिक स्वामित्वमा रहेको ऐलानी, सन्धि शर्पन, गौचरण, घाट आदि कानुन विपरित कसैले दर्ता गरेको वा बलजफ्ती नियन्त्रणमा लीई उपयोग गरेको भए सोको वारेमा कार्यालयलाई सोझै जानकारी दिन वा ईमेल मार्फत १० दिन भित्र जानकारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

Shares

Be the first to comment on "सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन आग्रह"

Leave a comment

Your email address will not be published.


*