समाजसेबी सारदा उप्रेती घिमिरेद्धारा भक्तजनको सुविधाका लागि फलामका बेञ्च निर्माण

चरिकोट(दीस) ः प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा अब पर्यटकहरूकालागि विश्राम लिन सहज भएको छ । ठाडो उकालो बाटो चढेर मन्दिर पुग्न उसै पनि कठिन छ, त्यसमाथि केही बेर थकाइ मार्न बस्ने ठाउँ समेत नभएको ठाउँमा समाजसेवी सारदा उप्रेती घिमिरेले सहज बनाइ दिनु भयो ।
उप्रेतीले कालिञ्चोक मन्दिर पुग्न भक्तजनहरूलाई लक्षित गरि विभिन्न ठाउँमा फलामे बेञ्च राखिदिनु भएको छ । स्थानीय मन्दिर व्यवस्थापन समिति मार्फत मन्दिर र बाटोमा बेञ्च राखेपछि दैनिक सयौं यात्रु लाभान्वित भएका छन् । ३० थान फलामे बेञ्च कालिञ्चोकसम्म ढुवानी गरेपछि स्थानीयले व्यवस्थापन गरेका हुन् । बेञ्च लिएर बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, व्यवसायी राजेश उप्रेती सहित सारादा उप्रेती आफैं कालिञ्चोक पुग्नु भएको हो ।
आफ्ना बुबा काशीनाथ उप्रेतीको सम्झनामा यश अघि पनि बैतेश्वर गाउँपालिकाका सार्वजनिक स्थान, जिरी उद्योग वाणिज्य संघ मार्फत जिरी बजारमा र विभिन्न मन्दिर तथा सार्वजनिक स्थानमा यस्ता बेञ्च राख्नु भएको छ ।

Shares

Be the first to comment on "समाजसेबी सारदा उप्रेती घिमिरेद्धारा भक्तजनको सुविधाका लागि फलामका बेञ्च निर्माण"

Leave a comment

Your email address will not be published.


*