सामूदायिक वन उपभोक्ता महासंघ भीमेश्वरको दोस्रो अधिवेशन सम्पन्न

चरिकोट(दीस) ः सामूदायिक वन उपभोक्ता महासंघ भीमेश्वरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बुधवार सदरमुकाम चरिकोटमा महासंघको अधिवेशन सम्पन्न भएको हो ।
ज्ञान बहादुर तामाङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । कार्यसमितिका पदाधिकारीहरुमा इन्द्रलाल श्रेष्ठ उपाध्यक्ष ,शर्मिला भण्डारी सचिव, लक्ष्मी थामी, कोषाध्यक्ष र सावित्री खड्का तथा दिनेश चौलागाईं सह–सचिव रहनु भएको छ । यसैगरी सदस्यहरुमा शोभा भुजेल, इन्द्र बहादुर के.सी., कूलमान थामी, कल्पना बस्नेत,पूर्ण बहादुर थापा, कुमार बस्नेत, कल्पना बस्नेत, पञ्चमाया थामी, शिबजी प्रधान, साङद्वर्जे शेर्पा, इश्वर बस्नेत, सरीता थापा, यादव प्रसाद खतिवडा र स्वस्थानी खत्री रहनु भएको सामूदायिक वन उपभोक्ता महासंघ भीमेश्वरले जानकारी दिएको छ । अधिवेशनले नगर स्तरमा वनसँग सम्बन्धित कुनै निकाय नभएकोले भीमेश्वर नगरपालिकालाई वनशाखा स्थापना गर्न आग्रहगरिने विशेष प्रस्ताव पारित गरिएको महासंघले बताएको छ । भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न उद्घाटन सत्र अध्यक्ष ज्ञानेन्द्र प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "सामूदायिक वन उपभोक्ता महासंघ भीमेश्वरको दोस्रो अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*