सामुदायिक विद्यालयमा छोरा छोरी पढाउन पूनः आग्रह

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले राज्य स्रोतबाट तलब भत्ता लिने सबैलाई आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउन पूनः आग्रह गरेको छ । गाउँपालिकाले चैत्र १२ गते पूनः सूचना प्रकाशित गरी सो आग्रह गरेको हो ।
अघिल्लो वर्ष गाउँपालिकाले बैतेश्वर गाउँपालिका भित्र काम गर्ने कर्मचारी, शिक्षक, जनप्रतिनिधि लगायतका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका सन्दर्भमा यस वर्षपनि पूनः सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "सामुदायिक विद्यालयमा छोरा छोरी पढाउन पूनः आग्रह"

Leave a comment

Your email address will not be published.


*