सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको छैठौ अधिवेशन सम्पन्न

चरिकोट–सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको छैठौ अधिवेशन सम्पन्न भएको छ । दोलखा सदरमुकाम चरिकोटमा सोमवार सम्पन्न छैठौ जिल्ला अधिवेशनले जगन्नाथ बस्नेतको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । त्यसैगरी सचिवमा गायत्री आचार्य र सदस्यहरुमा ज्ञानेन्द्र प्रधान, भुवनराज आचार्य, अनिता थापा, मालती थामी, अम्बिका पोखरेल, कृष्ण बहादुर योगी ,धु्रव्र आचार्य लगायत अन्य सदस्यहरु रहेका छन् । महासंघको उपाध्यक्ष र कोषध्यक्ष आगामी कार्य समितिको बैठकले चयन गर्ने छ ।
छैठौ अधिवेशनमा महासंघको सांगठनिक प्रतिवेदन संस्थाका महासचिव जगन्नाथ बस्नेतले प्रस्तुत गर्नु भएको थियो भने संस्थाका सचिवालय सदस्य ज्ञानेन्द्र प्रधानले र्आिथक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनमा वोल्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सामुदायिक वन उपभोक्ता महासंघलाई आगामी दिनमा संरक्षण र संर्वद्धन मात्रै नभई उचित व्यवस्थापनका साथ सदुपयोग गर्नु पर्ने बताए ।
यसैगरी सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष गणेश कार्कीले सबै भन्दा ठुलो संगठन सामुदायीक वन उपभोक्ता महासंघ भएको वताए । देश संघियतामा गए संँगै महासंघ पनि संघिय संरचनामा गएको छ । सोहि अनुसार दोलखाको भिमेश्वर नगर महासंघको अध्यक्षमा ज्ञानेन्द्र प्रधान, जिरी नगर महासंघको अध्यक्षमा टपेन्द्र खड्का, तामाकोशी गाउँपालीका महासंघको अध्यक्षमा अम्बिका पोखरेल, वैत्यश्वर गाउँपालीका महासंघको अध्यक्षमा गोमा दहाल, मेलुङ गाउँपालीका महासंघको अध्यक्षमा कृष्ण बहादुर योगी, शैलुङ गाउँपालीका महासंघको अध्यक्षमा झम्क कार्की, कालिन्चोक गाउँपालीका महासंघको अध्यक्षमा डम्बर आचार्य, विगु गाउँपालीका महासंघको अध्यक्षमा भुवनराज आचार्य र गौरिशंकर गाउँपालीका महासंघको अध्यक्षमा भुवन गुरुङ रहेका छन सामुदायीक वन उपभोक्ता महासंघ स्थानीय तहमा गठन भए पश्चात जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको छैठौ अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*