सामुदायिक अस्पतालले अनाथलाई खाद्यान्न वितरण गर्ने

दीक्षण समाचार
चरिकोट, २८ भदौ
दोलखा सामुदायिक अस्पताल प्रालिले बालदिवसको अवसरमा गौरीशंकर बालगृहका बालबालिकाहरुलाई खाद्यान्न वितरण गर्ने भएको छ । बालबालिकालाई खाद्यान्न वितरणका लागि विरामी पु¥याएर काठमाडौंबाट रिक्तै फर्कन लागेको अस्पतालाको एम्बुलेन्समा खाद्यान्न समेत ल्याउँदा अनावश्यक प्रचार भएको प्रति अस्पतालले आपत्ति जनाएको छ ।
अस्पतालका अध्यक्ष अमृतबहादुर बुढाथोकीले कुरै नबुझी जथाभावी गलत प्रचार गरेकोप्रति अस्पतालको गम्भिर ध्यानाकार्षण भएको भन्द्र प्रेस विज्ञप्ती जारी गरेका छन् । सामुदायिक अस्पतालले विगतदेखि नै सामाजिक गतिविधिमा सहयोग गर्दै आएको छ ।

Shares

Be the first to comment on "सामुदायिक अस्पतालले अनाथलाई खाद्यान्न वितरण गर्ने"

Leave a comment

Your email address will not be published.


*