सामाजिक सुरक्षा भत्ता बढ्यो, ज्येष्ठ नागरिकलाई ३ हजार

काठमाडौं  : सरकारले सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ। यसअघि ७० नाघेकोलाई दुई हजार रुपैयाँ दिने गरिएकोमा एक हजार बढाएर तीन हजार पुर्‍याइएको हो। भत्ता दुई किसिमबाट दिइन्छ। दलित र कर्णालीको हकम ६० वर्षमाथिको जनसंख्यलाई वृद्ध-वृद्धाको रुपमा परिभाषित गरिएको छ। अन्य क्षेत्रको हकमा ७० वर्ष माथिकालाई आधार मानिएको छ। कर्णालीको ६० वर्षमाथि र अन्यको ७० वर्षमाथिलाई आधार मान्दा १२ लाख ७८ हजारजनाले यो सुविधा पाउँछन्। यी १२ लाख ७८ हजारलाई  हजारका दरले रकम बढाइएको छ। त्यस्तै देशभरका ७० वर्ष माथिका लागि उपचार  खर्चसहित दुई-दुई हजार भत्ता तोकिएको छ। ७० वर्ष नाघेकाको संख्या ११ लाख छ। स्रोत सुनिश्‍चितातका कारण ७० वर्ष नाघेकालाई मात्रै ५०० बढाउने तयारीमा अर्थले गरेको छ। यसो भएमा ५५ करोड रुपैयाँको दायित्व राज्यलाई थपिनेछ।

Shares

Be the first to comment on "सामाजिक सुरक्षा भत्ता बढ्यो, ज्येष्ठ नागरिकलाई ३ हजार"

Leave a comment

Your email address will not be published.


*