सामाजिक सुरक्षा भत्ता कोलेनिका मार्फत सिधै लाभग्राहीको खातामा

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका भित्रका सामाजिक सुरक्षा भत्ता लिन योग्य लाभग्राहीहरुको बैंक खातामा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सिधै भत्ताको रकम जम्मा हुने भएको छ । सामाजिक सुरक्षा भत्ताको दोस्रो किस्ताबाट इलेक्ट्रोनिक फन्ड ट्रासफर बाट लाभग्राहीको खातामा सोझै कोलेनिका बाटै रकम खाता पुग्ने गरेको हो ।
यस अघि नगरपालिकाले चेकबाट बैंकमा रकम जम्मा गरपछि मात्र सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको खातामा रकम जम्मा हुने गरेकोमा दोस्रो त्रैमासिकबाट सामाजिक सुरक्षा भत्ता कोष तथा लेखा नियन्त्रण कार्यालयबाट ईएफटी मार्फत सोझै लाभग्राहीको खातामा जम्मा हुने भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले जानकारी दिनुभयो । दोलखा जिल्लामा कोलेनिका मार्फत समाजिक सुरक्षा भत्ताको रकम लाभग्राहीको खातामा पठाउने भीमेश्वर नगरपालिका पहिलो भएको उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "सामाजिक सुरक्षा भत्ता कोलेनिका मार्फत सिधै लाभग्राहीको खातामा"

Leave a comment

Your email address will not be published.


*