साधारण सभा सम्पन्न

चरिकोट(दीस)ः जिलु सानाकिसान सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार नयाँ नेतृत्व चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले मोहनबहादुर बस्नेतको अध्यक्षतामा १३ सदस्यिय संचालक समितिको गठन गरेको निर्वाचन संयोजक बलराम चौंलागाईंले जानकारी दिनुभयो । सञ्चालक समितिका पदाधिकारीहरुमा उपाध्यक्ष गोविन्दराज सापकोटा, सचिव दिलबहादुर श्रेष्ठ, सहचिव रोसन श्रेष्ठ तथा कोषाध्यक्ष मा श्रवण चौलागाईं निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक बलराम चौंलागाईंले जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा विष्णुप्रसाद चौलागाईं, सावित्री मिजार, जमुना श्रेष्ठ, भीमसेन चौलागाईं, सुनकाजी खत्री, अर्जुनकुमार श्रेष्ठ तथा मोती प्रसाद चौलागाईं निर्वाचित हुनु भएको छ । यसैगरी लेखा समितिको संयोजकमा रङ्गध्वज बुढाथोकी तथा सदस्यहरुमा तुल्सीप्रसाद चौलागाईं र फलिन्द्र चौलागाईं निर्वाचित हुनु भएको निर्वाचन समितिको भनाई रहेको छ । साधारण सभामा सहकारीको विकासमा उत्कृष्ट योगदान पु¥याउने सदस्यहरुलाई सम्मान गरिएको सहकारीले जनाएको छ ।

Shares

Be the first to comment on "साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*