सात जिल्लाका लाखे नाँच चरिकोटमा प्रदर्शन गरिने

चरिकोट(दीस)ः भाद्र ६ गते सदरमुकाम चरिकोटमा बिभिन्न सात जिल्लाको लाखेनाच प्रर्दशन गरिने भएको छ । लालिगुराँस युवा क्लब चरिकोटको आयोजना र भीमेश्वर नगरपालिकाको सहयोग तथा विभिन्न संघ संस्थाको समन्वयमा सो नाच प्रर्दशन गरिने भएको शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
सो दिन चरिकोट लगाएत विभिन्न ठाउँको लाखे नाच प्रर्दशन गर्न लागिएको लालिगँुरास युवा क्लबका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो । यो कार्यक्रमबाट लाखे नाच प्रबर्धनमा योगदान पुग्ने उहाँको विश्वास रहेको छ । चरिकोटमा आयोजना गरिने लाखे प्रर्दशनीमा दोलखा जिल्लाको विभिन्न ठाउँ सहित रामेछापको भंगेरी, चिसापानी र मन्थली, सुनसरीको धरान, काठमाडौँको मच्छेगाँउ, ललितपुरको पाटन, नुवाकोट र ओखलढुुङ्गाबाट समेत प्रर्दशनको लागि लाखेनाच आउने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । झण्डै डेढसय बर्ष अघि चरिकोट पुरानो बजारमा नेवार समुुदायको वसोबास सुरु भएपछि बिभिन्न पर्व तथा जात्राको सुरुवात भएको हो । चरिकोटमा लाखे नाच करिब ६५ बर्ष अघिदेखि सुरु भएको स्थानीयहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "सात जिल्लाका लाखे नाँच चरिकोटमा प्रदर्शन गरिने"

Leave a comment

Your email address will not be published.


*