सात करोड लगानीमा साबुन उद्योग सञ्चालन

दीक्षण समाचार
चरिकोट, असोज १४
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा करिब ७ करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा भएको छ । साबुन उत्पादन र रोजगारीका लागि केसी सप एण्ड केमिकल इण्डष्ट्री प्रालि मार्फत शिव केसीले उद्योग सञ्चालनमा ल्याउनु भएको हो । उद्योगमा अहिले स्थानीय आठ जनाले रोजगारी पाएका छन् । उद्योगबाट लुगा र भाडा धुने साबुनसँगै सरफ, हार्पिक, र फिनेल उत्पादन भइरहेको उद्योग सञ्चालक केसीले बताउनु भयो । उत्पादित साबुन तथा साबुन जन्य वस्तुहरू जिल्लाको विभिन्न स्थानमा उपलब्ध गराउन थालिएको छ । निकट भविष्यमा जिल्ला बाहिर समेत निर्यात गर्ने योजना रहेको उहाँले बताउनु भयो । सञ्चालन गरिएको उद्योगमा उत्पादित साबुनको नाम फोर एक्स र पुर्खा राखिएको छ । सफाइ र स्वच्छताको लागि साबुन अपरिहार्य रहेको वर्तमान समयमा आम्दानी र रोजगारीका लागि साबुन उत्पादन थालिएको उद्योग सञ्चालक केसीले बताउनु भयो । स्थानीय स्तरमा उत्पादित गुणस्तरीय साबुनको प्रयोग गर्न उहाँले प्रोत्साहित गर्नु भयो ।  

Shares

Be the first to comment on "सात करोड लगानीमा साबुन उद्योग सञ्चालन"

Leave a comment

Your email address will not be published.


*