साकिबको शतकमा बंगलादेशको जित

एजेन्सी । आईसीसी एकदिवसीय क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजविरुद्ध सहज जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गर्दै सहज जित निकालेको हो ।

काउन्टी मैदानमा वेष्ट इण्डिजले दिएको ३२२ रनको लक्ष्य पछएको बंगलादेशले ४१ ओभर ३ बलमा मात्र तीन विकेट गुमाउँदै ३२२ रन पूरा गर्‍यो । बंगलादेशका लागि साकिबले शतकीय पारी खेले । ९९ बल खेलेका उनले १६ चौकाको सहयोगमा १२४ रन पूरा गरे । त्यस्तै लिटन दासले अर्धशतकीय पारी खले । ६९ बल खेलेका उनले ८ चौका र ४ छक्काको सहयोगमा ९४ रन पूरा गरे । बंगलादेशलाई जित दिलाउन तामिम इकबालले ४८ रन जोड्दा सौम्य सरकारले २९ रनको योगदान गरे । बलिङतर्फ वेष्ट इण्डिजका लागि आन्द्रे रसेल र ओशाने थोमसले समान एक-एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन पूरा गरेको थियो । वेष्ट इण्डिजका लागि साई होपले, शिम्रोन हेट्मायर र इभिन लुविसले अर्धशतकीय पारी खेले ।  १२१ बल खेलेका होपले ४ चौका र १ छक्काको सहयोगमा ९६ रनको योगदान गरे । ६७ बल खेलेका लुविसले ६ चौका र २ छक्काको सहयोगमा ७० रन बनाउँदा २६ बल खेलेका हेट्मायरले ४ चौका र ३ छक्काको सहयोगमा ५० पूरा गरेका थिए । वेष्ट इण्डिजका लागि कप्तान जेसन होल्डरले ३३ रन जोड्दा र्डेन ब्राभोले १९ रनको योगदान गरेका थिए ।बलिङतर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहमान र मोहम्मद सैफुदीनले सर्वाधिक तीन(तीन विकेट लिए । त्यस्तै साकिब अल हसनले समान दुई विकेट लिए ।

Shares

Be the first to comment on "साकिबको शतकमा बंगलादेशको जित"

Leave a comment

Your email address will not be published.


*