सांसद रिजालद्वारा निर्वाचन खर्च ६९ हजार ८ सय ३ रुपैयाँ

चरिकोट(दीस)ः राष्ट्रिय सभाका सांसद घनश्याम रिजालले निर्वाचन खर्च सार्वजनिक गर्नु भएको छ । राष्ट्रिय सभामा निर्वाचित रिजालले हालै निर्वाचन खर्च सार्वजनिक गर्नु भएको हो । निर्वाचनमा कुल ६९ हजार ८ सय ३ रुपैयाँ खर्च भएको रिजालले जानकारी दिनुभयो । रिजाल नेकपा एकिकृत समाजवादी पार्टीको बागमती प्रदेशबाट राष्ट्रिय सभामा सांसादमा निर्वाचित हुनुभएको थियो । उहाँले आफूलाई राष्ट्रिय सभामा निर्वाचित गराउने मतदाताहरुलाई उक्त अवसरमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।

Shares

Be the first to comment on "सांसद रिजालद्वारा निर्वाचन खर्च ६९ हजार ८ सय ३ रुपैयाँ"

Leave a comment

Your email address will not be published.


*