सांसद चौलागाईद्धारा आगोलागी पिडितलाई १ लाख सहयोग

चरिकोट –प्रदेशसभा सांसद पशुपति चौलागाईद्धारा आगोलागी पिडितलाई १ लाख सहयोग गरेका छन । दोलखा कालिन्चोक गाउँपालिका वडा न.९ सुन्द्रावतीमा सोमबार राती आगलागीबाट साबिक सुन्द्रावती ८ को लेखर्क स्थित शंकर पकुवालको घरमा २० लाख बराबरको क्षति भएको थियो । त्यस आगोलागीमा तीन जना घाइते भएका थिए । आगोलागीवाट घाइते भेटन गएका सांसद चौलागाईले पिडितलाई उक्त रकम हस्तातरण गरेका हुन । वैतेश्वर गाँउपालिका वडा नंम्बर ७ का समाज सेवी सुवास शिबाकोटी पहलमा आर्थिक संङकलनमा गरी हाल उनीहरुको काठमाडौ स्थीत टिचिङ हस्पीटलमा उपचार भइराखेको छ । आगोलागीबाट पकुवालको घर बाहिर बाधेको ५ वटा बाख्रा ,१० वटा कुखुरा, घर भित्र रहेको १ लाख ५० हजार नगद, सहित २ तोला सुन ५०० ग्राम चादी, महत्त्वपूर्ण कागजातसंगै घर भित्र रहेको लत्ताकपडा अन्नपात जलेर नस्ट भएको थियो । रकम हस्तान्तरण कार्यक्रमा कालिन्चोक गाँउपालिकाका उपाध्यक्ष कालिका पाठक लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "सांसद चौलागाईद्धारा आगोलागी पिडितलाई १ लाख सहयोग"

Leave a comment

Your email address will not be published.


*