सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं ।–दोलखाबाट प्रतिनिधी सभा निर्वाचित नेकपाका सांसद पार्वतगुरुङलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलाशले उनलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी आइतबार अदालतमा हाजिर भएका थिए । उनीविरुद्धको अदालतमा अदालत हाजिर हुने तामेली पत्र जिल्ला प्रहरी कार्यालय दोलखा पुगेपछि आइतबार गुरुङ अदालत उपस्थित भएका हुन । एकवर्षअघि काठमाडौं जिल्ला अदालतमा गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्धा दर्ता भएको थियो । सांसद गुरुङले यो राजनीतिक मुद्दा भएको बताएका छन्। गुरुङमाथि २०७४ को स्थानीय चुनाव लगत्तै दोलखाका वीरध्वज खड्कामाथि गौशालामा आक्रमण गरेको आरोप छ। आक्रमणमा उनको संलग्नता रहेको भन्दै खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। गुरुङ प्रतिनिधिसभाको चुनावमा दोलखाबाट निर्वा्चित सांसद् हुन्।उनीसँगै सात जनालाई अदालतमा हाजिर हुने पत्र आएको छ ।

Shares

Be the first to comment on "सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश"

Leave a comment

Your email address will not be published.


*