साँघु भत्किएपछि समस्या

इश्वर बिश्वकर्मा
चरिकोट, असार १३
वर्षायाममा खोला बढेर आवातजावत गर्न समस्या हुन्छ । पुल निर्माण गर्न सम्बन्धित निकायले चासो नदिँदा दोलखाका नागरिकहरुले वर्षेनी समस्या भोग्दै आएका छन् । नागरिकको नजिकको भनिएको स्थानीय सरकार यीयस्ता समस्याको पहिचान गरी समाधान गर्न उदासिन छ । जसले गर्दा नागरिकहरुकाे अपेक्षालाई स्थानीय सरकारले उपेक्षा गरेको प्रष्ट बुझ्न सकिन्छ । दोलखाको हिमाली क्षेत्र गौरीशंकर गाउपालिका ९ स्थित उत्तिसे र सुर्मुच्छे खोलामा पुल नहुँदा समस्या भएको छ । खोला तर्ने बैकल्पिक विधीका रुपमा स्थानीयले काठे साँघु बनाएको भएपनि खोलामा पानीको बहाव बढ्दा भत्काइदिएको छ ।

सडक सञ्जालले नजोडिएको यहाँको यातायात साधन भनेकै याक हो । याकको प्रयोग गरी खाद्यान्न लगायतका आवश्यक सामग्री ओसारपसार गर्ने गरिएको थियो । तर अहिले साँघु भत्किएपछि यी सामग्री गाउँसम्म लैजानै चुनौती खडा भएको स्थानीय व्यवसायी बोलेन्द्र आचार्यले बताए । “जोखिम मोलेरै साँघुबाट खोला तरिन्थ्यो । तर अहिले साँघु नै नभएपछि खोला तर्न हिम्मत नै आउदैँन् ।” उनले भने ।
केही बर्ष अगाडि स्विस सरकारको सहयोगमा निमार्ण सम्पन्न भएको छ्योतछ्योत देखि च्छो–रोल्पा सम्म निर्माण गरिएको पर्यटन पैदल मार्ग पुन मर्मत नहुदा काठेपुलहरु जिर्ण बनेका छन। वेदिङ गाउमा विद्युत पुर्याउने कार्य भएको तर बाटो राम्रो नभएको कारण सामान ओसारपसार गर्न समस्या परेको निर्माण व्यवसायी प्रेमराज तामाङ बताए । यता सोगुर खोलामा स्थानीयले साँघु तयार गरेका छन् । जिर्ण बनेको साँघु हटाई नयाँ काठे साँघु बनाइएको स्थानीय निमा शेर्पाले बताए । साँघु निर्माण भएपनि जोखिम झेलेर खोला तर्नुपर्ने गुनासो रहेको छ । वर्षेनी साँघु फेर्ने झन्झट र जोखिम हटाउन पुल  बनाइदिन स्थानीयको माग रहेको छ ।

Shares

Be the first to comment on "साँघु भत्किएपछि समस्या"

Leave a comment

Your email address will not be published.


*