बैतेश्वर गाउँपालिकाले सहुलीयत दरमा रासायनिक मल वितरण गरिने

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले स्थानीय कृषकहरुलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्ने भएको छ । गाउँपालिकाले सहकारीहरु मार्फत सहुलियत दरमा प्राप्त हुने रासायनिक मल वितरण गर्ने भएको हो । साल्ट टे«डिङ लिमिटेड मार्फत गाउँपालिकाकालागि निर्धारण गरिएको ७०० बोरा युरीया मल यस अघि मल वितरण गर्न सूचिकृत भएका सहकारीहरु मार्फत स्थानीय कृषकहरुलाई वितरण गरिने बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । सूचिकृत भएका सहकारीहरुलाई गाउँपालिका कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको उहाँको भनाई रहेको छ ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाले सहुलीयत दरमा रासायनिक मल वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*