सहयोग रकम हस्तान्तरण

चरिकोट(दीस)ः जिरी नगरपालिका वडा नम्बर सातका पहिरो पीडित जयबहादुर जिरेललाई राहत रकम हस्तान्तरण गरिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय दोलखामा जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले राहत रकम हस्तान्तरण गर्नु भएको हो ।
पीडित जिरेललाई जिल्ला विपद ब्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी धमलाले २५ हजार राहत रकमको चेक हस्तान्तरण गर्नु भएको जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेलले जानकारी दिनुभयो । जयबहादुर जिरेलको घर श्रवण २६ गते गएको पहिरोमा पुरिएको थियो ।

Shares

Be the first to comment on "सहयोग रकम हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*