सहयोगापेक्षी सडक मानव मुक्त अभियानमा बस्नेत र पौडेलको सक्रियता

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन १२
सहयोगापेक्षी सडक मानव मुक्त दोलखा घोषणा गर्ने लक्ष्यका साथ सहयोगापेक्षी सडक मानवको उद्धार अभियान तिब्र पारिएको छ । उक्त अभियान अन्तर्गत मानव सेवा आश्रमसँगको सहकार्यमा बागमती प्रदेश सरकार र जिल्लाको ९ वटै स्थानीय सरकारको समन्वयमा सहयोगापेक्षी सडक मानवको उद्धार कार्य जारी रहेको छ । सोही अभियानमा दोलखाका २ जना अभियान्ता सक्रिय भइरहेका छन् । निरन्तर सामाजिक कार्यमा क्रियाशिल हुदैँ आएका बागमती प्रदेश सामाजिक विकास मन्त्रालय हेटौँडाका सहजकर्ता समेत रहेका राजन बस्नेत र बद्री पौडेल दोलखालाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणको अभियानमा सक्रिय भएका हुन् । यी दुई अभियान्ताले सहयोगापेक्षी सडक मानव मुक्त अभियान अन्रगत बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको उद्धार गर्दै आएका छन् । उनिहरुको सक्रियतामा जिल्लाको विभिन्न क्षेत्रबाट हालसम्म १४ जना सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको छ । यहि मंगलबार लाँकुरीडाँडाबाट १ जना र मैनापोखरीबाट १ जना गरी २ जना सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । यसअघि माघ महिनामा भीमेश्वर नगरपालिका क्षेत्रबाट ७ जना सडक मानवको उद्धार गरिएको थियो । त्यस्तै पुस महिनामा चरिकोट बजार क्षेत्रबाट २ जना र जिरी बजार क्षेत्रबाट ३ जना गरि ५ जना सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको अभियान्ता एवम् सहजकर्ता बस्नेतले बताए । उद्धार गरिएका व्यक्तिहरुलाई पालनपोषण, औषधी उपचार, मनोपरार्मश सेवा सहितकोे व्यवस्था रहेको मानव कल्याण सेवा घर भक्तपुर र मानव सेवा आश्रम ललितपुरमा जिम्मा लगाइ व्यवस्थापन गरिएको छ । “जिल्लालाई सडक मानव मुक्त घोषण गर्ने अभियानमा स्थानीय सरकार, सुरक्षाकर्मी, संघसंस्थाकर्मी, अधिकारकर्मी सबैको भूमिका रहेको छ । फेरि पनि आ–आफ्नो तहतप्काबाट निरन्तर सहयोग र समन्वय गर्न आवश्यक छ ।” अभियान्ता एवम् सहजकर्ता बस्नेतले भने ।

Shares

Be the first to comment on "सहयोगापेक्षी सडक मानव मुक्त अभियानमा बस्नेत र पौडेलको सक्रियता"

Leave a comment

Your email address will not be published.


*