सहयोगको अपिल

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ ४
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर २ का १६ महिनाका सजन खड्का यतिबेला अस्पतालको शैयामा रोगको पीडाले छट्पटिरहनु भएकाे छ । उहाँको बुबा शरोज खड्का र आमा जनुका खड्का चिन्तामा हुनुहुन्छ । सानै उमेरमा आफ्नो सन्तानलाई घातक रोग लाग्दा कुन आमाबुबाको मन नरोला र ? सजन पनि ब्लड क्यान्सर जस्तो घातक रोगबाट शिकार भई उपचाररत हुनुहुन्छ ।
सरोज र जानुका आफ्नो छोरालाई सफलता पूर्वक उपचारपछि निको भएको देख्न चाहनुहुन्छ । तर आर्थिक स्थिति कमजोर भएका उनीहरु छोरोको उपचारका लागि सहयोग जुटाउन भौँतिरहनु भएकाे छ । मनकारी र दानविरलाई सहयोगको याचना गरिरहनु भएकाे छ ।
क्यान्सर रोगबाट पीडित सजनको काठमाडौँ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उचार भईरहेको छ । उनको थप उपचारका लागि रकम अभावका कारण समस्या छ । सरोज भन्नुहुन्छ “छोराको उपचारमा रकम अभाव भएको छ । सहयोगी मनहरुका लागि पूण्य कमाउने समय यही हो । त्यसैले सकेको सहयोग गरिदिनु हुन अपिल गर्दछु ।”
आफ्नो छोरोको उपचार सफल भए परिवारमा खुशी छाउने भन्दै उनको परिवार तथा आफन्तले संघसस्था तथा व्यक्तिहरुलाई सहयोगको अपिल गर्नु भएको छ । सहयोगका लागि सरोजको फोन नम्बर ९८४३५३०१६८ मा सम्पर्क गर्न सकिने र सानिमा बैँकको खाता नम्बर ००१०११०५०००१८५८ रकम जम्मा गर्न सकिने बताइएको छ ।

Shares

Be the first to comment on "सहयोगको अपिल"

Leave a comment

Your email address will not be published.


*