सहकारी व्यवस्थापक र सञ्चालकलाई प्रशिक्षण

दीक्षण समाचार
चरिकोट, कार्तिक १७
दोलखाको तामाकोशी गाउँपालिकामा सहकारी नियमन तथा कानुनी प्रावधान विषयक दुई दिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । “मर्यादित श्रम र पर्यटनको लागि सहकारी” भन्ने मुल नाराका साथ गाउँपालिकाको सहकारी शाखाले वडा नम्बर ३ जफेमा आयोजना गरेको कार्यक्रम मंगलबारदेखि सुरु भएको थियो ।
कार्यक्रमको सहजिकरण जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँ र अधिवक्ता प्रोण प्रताप के.सी.ले गर्नुभएको थियो ।

सहकारी नियमन, कानुनी प्रावधानका विविध पक्ष तथा सहकारी सम्बन्धि अन्य थुप्रै विषयमा प्रशिक्षण दिइएको बताइएको छ । कार्यक्रममा गाउँपालिकाकाका विभिन्न सहकारी संस्थाका ६० जना व्यवस्थापक तथा सञ्चालकहरुको सहभागिता रहेको थियो । पालिकाको आ.व. २०७८÷०७९ को स्वीकृत बजेट अनुसार गाउँपालिका भित्र सञ्चालित सबै सहकारी संस्थाहरु तथा सरोकारवाला पक्षहरुको लागि विभिन्न तालिम कार्यक्रम अन्तर्गत गरिएको प्रशिक्षण कार्यक्रमले सहकारीलाई व्यवस्थित र उत्कृष्ट बनाउन टेवा पुग्ने पालिकाका सूचना प्रविधि अधिकृत पवनराज फुँयालले बताउनुभयो ।

Shares

Be the first to comment on "सहकारी व्यवस्थापक र सञ्चालकलाई प्रशिक्षण"

Leave a comment

Your email address will not be published.


*