सहकारी दर्ता गर्न रोक

चरिकोट(दीस)ः नेपाल सरकारले सहकारीको दर्ता गर्न तथा सेवा केन्द्र विस्तार जस्ता कार्यमा रोक लगाएको छ । सहकारीहरुबाट ठूलो बचत स्वीकार गर्ने तथा जोखिम युक्त रकम लगानी गर्ने प्रबृत्ति देखिएकोले सरकारले सहकारी दर्ता, सेवा केन्द्र विस्तार लगायतका कार्यमा रोक लगाएको हो ।
देश भर ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुले ठूलोमात्रामा बचत स्वीकार गर्ने जोखिमपूर्ण ऋण लगानी गर्ने प्रबृत्ति बढेकोले बचत कर्ताको बचत फिर्ता गर्न समेत समस्या भएकोले बचत तथा ऋणको मुख्य कारोवार गर्ने गरी संघीय, प्रदेश र स्थानीय तहमा कुनै पनि सहकारी दर्ता,सेवा केन्द्र विस्तारको स्वीकृती , कार्यक्षेत्र विस्तारमा रोक लगाइएको भूमि ब्यवस्था,सहकारी तथा गरिवी निवावरण मन्त्रालयले एक सूचना प्रकाशित गर्दै रोक लगाएको छ । ठूलो मात्रामा बचत स्वीकार गर्ने तथा जोखिमपुर्ण ऋण लगानी गर्ने प्रबृत्तिबाट समग्र सहकारी क्षेत्र तथा सम्पूर्ण वित्तिय क्षेत्र नैं प्रभावित हुने भएकोले अर्को निर्णय नभएसम्मकोलागि रोक लगाइएको मन्त्रालका सहसचिव गणेशप्रसाद भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Shares

Be the first to comment on "सहकारी दर्ता गर्न रोक"

Leave a comment

Your email address will not be published.


*